Labels

Friday 2 December 2022

World Cup

 ओलिवर कान,क्लोज ,रोनाल्डो, रोनल्डिनिओ, कार्लोस, आदि को फोटो रम-पम चाउचाउ को कुपन मा आउथे .. रेडियोमा प्रतक्ष्य प्रसारण को जमाना...म जर्मनी, शुबासदाई ब्राजिल.... टीभी हुन्थेनन... खर्क घास काट्न जादा एउटा रुख को हाँगो ढुंगा ले ताक्दा नि जर्मनी vs ब्राजिल ... हर जग्गा जर्मनी vs ब्राजिल.... फाइनल हेर्न तम्घास जाने सल्लाहा भा'को थियो टिभी मा ... तम्घास मा फाइनल हेरेको त रोनाल्डो ले २ गोल गर्दिहाल्यो मुला दाते .... म बाहेक जम्मै ब्राजिल ... उफ्रिए.. चिच्याए मेरा बा ...ए मेरा बा ....२००६ मा सामाखुसी मा हेरियो इटाली ले जित्दा ..अम्मर मामा को रूम मा उमङ्ग उस्तै .. भरतले सुरु देखि सपोर्ट गरेको टिम इटालीले जित्यो .. अस्कल ISC पड्नेताका... सुरुदेखि सपोर्ट गरेको टिम ले जिते त नाकै घिरौलाको जत्रो हुने ...२०१० मा सानेपा चोकमा हेरियो ... खै BScCSIT 3rd sem को एक्जाम आउनैलागेको बेला ..सुधाप्रचण्डहरु सानेपा आउने बानेस्वोर बाट... ग्रुप मा हेर्न भनेर ... जर्मनीले अर्जेन्टिनालाई ४ गॉल गर्दा कम्ता मजा आको हो र हॊऊऊऊऊ...साल सेमी फाइनल मा अर्को ले टपकाइहाल्यो ...



हाम्ले दशैँ मनाउछम तिहार मनाउछम... क्या उमङ्ग हुन्छ ... सै रमाइलो हुन्छ ... तर खै अरु लाई बाल ...
रमदान चलिरा'छ, उनीहरु उपासिरा'छन् रमाइलो होला उनीहरुलाई ... क्रिसमस आउछ जान्छ कसैलाई रमाइलो होला कसैलाई आ'को ग'को थाहा नै हुदैन .. तर यो वोर्ल्डकप भन्ने जन्तु नै कस्तो हो कस्तो... सानो उमेरमा जुन उमङ्ग ठुलोमा नि तेही उमङ्ग ... नेता हो कि राजा हो ... कालो हो कि गोरो हो .. खैरो हो कि हप्सी हो कि भोटे हो ... अम्मैई नि सब लाई दशैँ भन्या .... अझ आफ्नै टिम ले जित्यो भने त ... के कुरा गरम र ....
संसार मा जम्मै ले मनाउने पर्ब नै येही बिस्वकप....
जर्मनीले जितोस कि हारोस बिस्वकप ले चाई जितिराछ ... कसैले निद्रा भन्दैन कसैले काम भन्दैन
जय बिस्वकप !!!

Wednesday 14 November 2018

तिहार

तिहार..... टिका लगाउनु मात्र होईन, टिका किन्न जानु पनि हो, माला लाउनुमात्रै हैन, पर बारीबाट डालाभरी फुल टिपेर ल्याउनु पनि हो, फुलका थुङ्गा टिप्दै गर्दा-ल्याउँदै गर्दा अर्काले मोबाईल तेर्साई तेर्स्याई फोटो खिच्न पेस्सिनु पनि हो, माला बुनेर लठ्ठिमा झोँक्याएर आगनको किलामा झुण्डाउनु पनि हो, भाई बहिनी एकै ठाउँमा जम्मा हुनु मात्रै हैन, सेलरोटि खानु मात्र होईन , सेलरोटि बनाउनु पनि हो, बनाउँदा बनाउँदै तातो तेलको छिटाले नाडीमा पोल्नु पनि हो, एउटालाई पोल्दा अर्कोले खिस्याउनु पनि हो, दिपाबली गर्नुमात्र हैन, दिपाबली गर्न चाहिने दुना-बौता फुट्नु पनि हो, बौता फुट्न चाहिने चिउरीका पात टिप्न जानु पनि हो। रुखबाट पात झार्दै गर्दा ढिकमा राखेको मोबाईलबाट देउसी गित बज्नु पनि हो, पात मुनिको झुसे बारुलाले टोकेर कराउदै तल झर्नु पनि हो, भैलो खेल्नु मात्रै हैन, खेल्नलाई चाहिने मादल बनाउन रुङ्खा जानु पनि हो, त्यहाँ जान-खान चाहिने पैसो सैसो को जोहो गर्नु पनि हो, रातभरि अर्काको दलानमा बसेर खरि घोँट्नु पनि हो, बजाउन चाहिने बाँसुरी बनाउन अगेनामा ताल तताउनु पनि हो, प्वाल खोल्दा तातो तालले हातमा डाम्नु पनि हो, बजाउन चाहिने झ्याली भाडामा लिन निउरे र उक्काला तिर केटाहरु खटाउनु पनि हो, साना थरे केटाकेटी आउछन तिनीहरुलाई खुसि बनाएर बटाउनु पनि हो, गाइ पुझ्नु मात्र हैन, गाइलाई माला लागाइदिनु, खान दिनु मात्र पनि हैन, गोठदेखी बनसम्म तोरण टाग्नुपनि हो, तोरण बाट्न चाइने बाबियो काट्न एका ब्यान्नै सितै-सीत खर्यान पस्नु पनि हो,........... तास खेल्नु नै तिहार हैन किन कि अगीपछी पनि तास खेलिन्छ ..... जाड रक्सि खान पनि तिहार कुर्नु पर्दैन .......... तिहारका धेरै आयामहरु छन् , यी सबै आयाम हरुले तिहार आएजस्तो बनाइदिन्छन, नाचू-नाचू बनाइदिन्छन...............  तर यी आयामहरु लाई अहिले पैसाले जितेको जस्तो लाग्दैछ..... अहिले भैली मात्र छ- तेस्को आयामहरु पैसाले आउछन , टिकामात्र छ-तेसका आयामहरु नि किन्न पाइन्छ-------- आयामहरु भन्दै प्रबिधि र चलनको उल्टोमा जान नि मिलेन फेरी... 

(Archived: November 14, 2012 #Facebook#History) 

Monday 3 October 2016

हत्तपत्तको काम लत्तपत्त



Little Buffalo St Park, Pennsylvania
बेल्का ८:३० मा हिमुलाई ह्यारिस्बर्ग ट्रेन स्टेसन पुराउनु पर्ने थियो । अफिस बाट आउँदै ६:४५ PM भयो। ईण्डियन रेस्टुरेन्टमा डिनर गरेर जाने कि भनेको उस्लाई नि मन रैन्छ् ईण्डियन खान। मलाई त ईण्डियन खानाको मसला नै मन पर्दैन ।  गोटकरी भए त जान नि हुन्थ्यो भन्यो हिमुले । अनी झट्ट फुर्यो, गोटमिट झ्याप झुप पकाएर खाएर जाने। फ्रिजमा रैन्छ् मासु अनी फेरी लिन जान पर्ने भो। भ्याइन्छ भ्याइदैन भन्दा भन्दै लौ छिटो छिटो गरौ सकी हाल्ला कि भन्ने भयो। अब नेपाली स्टोर जानु मासु ल्याउनु एक जनाले यता अरु ठीक्क पार्दै गर्नु , ट्याक टुक भ्याइहल्ला कि भनियो तर जम्मा जम्मी ८:३० - ६:५० अर्थात १ घण्टा ४० मिनेटमा त डाउनटाउन बाट ट्रेन हिडिसक्छ । आँट्न त आँटियो तर खै के खै के। नेपाली पसल त पुगियो तर सानो पिसवाला मासु रैन्छ् । ठुला हड्डी वाला । ल्याएर काट्नु पर्ने । उस्स ... घर ल्याएर अाइस बनेको मासु डिफ्रोस्ट गर्न समय नपुगेर तातो पानीमा चोबी चोबी काटेर झ्वाइँ पार्दा सम्म जम्मा २५ मिनेट गएछ, हैट अचम्म । मतलब ७:१५ PM भयो अब ट्रेन छुट्न १ घण्टा १५ मिनेट बाँकी ।  भुटभाट पारेर पानी हालेर सिट्ठी लगाउदा ७:४० भैसक्यो । ठुलो आगो पार्देको हुनाले २-३ सिट्ठी चै लाग्यो तर पाक्यो पाकेन राम जाने। ट्राफिक जाम भएन भने डाउनटाउन पुग्नै १२ मिनेट लाग्छ। लगभग १० मिनेट पहिला त पुग्नै पर्छ। डाउनटाउन तिर त अझ जाम पो हुन्छ एती बेला हरे... फसाद पर्‍यो । एनी हाउ ८:०० PM मा त हिंड्नै पर्छ भनेर ७:४५ PM तिर जे सुकै होस् भन्दै सिट्ठी निकल्दिये मैले । ठैट, मासु त जस्ताको तस्तै, उता हिमु हतार हतार कपडा लगाउन र प्याकिङ गर्न थाल्यो । अब १५ मिनेटमा पकाउनु कि खानु कि जानु? हतार हतार काचै मासु र झोलसँग भात खाइयो । हिमुले झोला बोकी बोकी खायो । अनी कुदी हालिम। म तलको ढोका बाहिर पुग्नै आटेको बेला मेरो पछी पछी आदाआदी सिंडीमा झर्दै गर्दा
हिमु बोल्यो - "एययययय"
मैले भने - "केयययय ?"
हिमु बोल्यो - "मेरा जुत्ता"
मैले भने-"तेरा जुत्ता के ? "
हिमु बोल्यो - "हैत्तेरिका मोजा मात्रै लगाएर आएछु, जुत्ता त माथि नै छन "

हिमु कहाँ पुगी सक्यो होला । म अहिले सम्म हाँस्दा हाँस्दा थाकी सके ।

10:49 PM
Monday, October 03, 2016
Harrisburg, Pennsylvania 

Wednesday 15 June 2016

एस.एल.सी उ बेला





Technology Today. (Image google)
सन्धिखर्क गएर एस.एल.सी देको हाम्ले त... 
रिजल्ट् आउने दिन तम्घासको लाकुरीको रुख मुनिको सार्बजनिक टेलिफोन बुथमा लाइन बसेर काठमाडौँ फोन गरेको ... थाहा पाउन...
 कत्ति न काठमाडौँ बस्नेलाई जम्मै थाहा हुने जस्तो... लाग्ने नै तेस्तै ... 
फोन गर्दा हात कामेका... अरु लाइन फोन को टावरको त हड्डी मात्रै बाकी.. गुदी सबै भाइरस लाको ... परिस्तिथिनै तेस्तै ... 
मोबाइल त काठमाडौँका धनि मान्छे को मा मात्र हुन्थ्यो रे... सुनेकै तेस्तै... 
नेपाल र बंगलादेश को सार्क फूटबल फाइनल हेर्न देउराली पुग्थ्यौ ... जमानै तेस्तै ...
अहिले का नानि बाबुहरुलाई संसार हेर्न देउराली पुग्न पर्दैन , फोन बाटै लप-सप पारेर कतिलाई हाल छ, कतिलाई बेहाल छ ! हामी संग अनुभूति धेरै छन्, पहिला समस्या थिए अहिले अनुभूति भए ! अहिले का नानीबाबु हरुसंग बिज्ञान धेरै छ , अनुभूति कम छ जुन आबस्यकता पनि हो! 
बरदान  vs . अविसाप  ‪#‎SLC‬Result #SLC2061

Archived: june 11, 2013
Lalitpur Nepal

Saturday 14 May 2016

हट्टाकट्टा मगन्ते



पाटन कलेज बाट फर्किदा देखेको द्रिश्य 

कृष्णगल्ली अँगाडी पुल्चोके पशलको ढोका चहार्दै सिक्का (पैसा) माग्दै हिँडेको एउटा हट्टाकट्टा मगन्तेलाई मेरो रजनिकान्त सेरिजको मोबाईलले नदेख्ने कुरै भएन.....गरिखान सक्नेले किन मागिहिँड्याहोला?!?.?यसको उत्तर के पो होला त..,.सायद हामि सज्जनहरुको दुनिया मा त्यो एउटा पागल थियो.......मर्न भन्दा बौलाउन निको भन्थे तर त्यसरी नि सुख नहुँदो रैछ 

(Archived: November 23, 2011
Krishna Galli, Lalitpur, Nepal)

बल्खुचोकमा बाल अधिकार



बल्खुचोकमा एक जना सानो खलासी भाई मान्छे बोलाउदै छन । 

बल्खुचोकैमा बालअधिकार जिन्दाबाद भन्दै चिच्याउँदै थियो यो बालक, एकैछिनमा हाम्रा केटाहरु जिन्दावाद- जिन्दावाद भन्दै गाडिभित्र छिरे...गाडि हुँईकियो लगनखेल तिर...म हान्निएँ बल्खु दरबार सानेपा दरबार हुँदै कोठातिर...पेरिश दरबार नि हेरुँ भनेको बाटो परेन.....

(Archieved: December 06, 2011
Balkhu Chok, Kathmandu, Nepal)

Monday 9 May 2016

मेरो नोकियाले देखेको गोकर्ण पिक्निक



भोक

मिती ठ्याक्कै याद छैन। भर्खर B.Sc.CSIT सकियोको थियो। कलेजका भाईहरुले पिक्निकमा मिसिने मेसो मिलाइदिएका थिए हाम्लाई नि। गोकर्ण तिरको कुरा हो। यो भाई धेरै नै भोकाको जस्तो देखिन्थ्यो। दिएको खाजा पनि छिटो छिटो खाइ सक्कायो। किन आतिएको हो त्यो चाइँ उसैले जानोस। कता बस्थ्यो, को सँग बस्थ्यो, कस्ता साथीको संगत थियो, आरामले खा बाबु भन्ने कोही थिए कि थिएनन राम जानुन। खान्जेल हेरी रहे। खाजा खाइउरी पानी पिएर भाई बिलायो तेतै कतै। म चाँही आफ्नो टिकाट खोज्न थालें। खाजाको लाइनमा बस्नु जो थियो।

Archived : January 13, 2013
Gokarna, Kathmandu
CSIT Students
(Patan Multiple Campus )

Friday 6 May 2016

मनोरन्जनको साधन बागमती घाट



VDO गेम पनि येही मलाई फनपार्क पनि येही .... बागमती घाट किनार मा २ दिदि बहिनि रमाउदै ....
(Archived: Feb 3, 2014
Bagmati Bridge, Lalitpur Nepal)

पाठसाला



मेरो इस्कुल पाठसाला
मेरो इस्कुल पाठसाला ..तम्घास परि ओख्रेनी नजिक हजुरबा र नाति ....
(Archived: February 03, 2014
Tamghas Gulmi)

चुँईके







यसको आफ्नो नाम यस्लाई मात्र थाहा छ किनकी यस्लाई सबैले होँच्याएर चुँईके भन्छन्‌।स्थानिय माने दमाईको जेठो छोराको जेठो छोरो अर्थात जेठो नाति स्थानिय नेटाखर्क बजार को आजसम्मको स्थाई बासिन्दा हो।नेटाखर्क स्कुलको बलेनी यस्को घरको बलेनी हुँदै झर्छ।भर्खर तिन बजे सानाथरे नानीहरु सानो झोला बोकेर हातमा रित्तो बोतल छोपेर झरे र आफन्का गए।तर यो फुच्चेलाई स्कुल जाने मन छैनहोला किनकी यस्का पुर्खारुलाई कपडा सिउन सिकाईयो र यसलाई बोटल बोक्ने नि फुर्सद छैन किनकी यस्का पुर्खाले अलक्कै पानी पिउन सिके आफ्नै अँजुलीले ....अलक्क.....अघाउन्जी.....अरुले दिएको....साँच्चि नयाँ सँबिधान र राज्य पुनर्सँरचनाको खाकाका अक्षरहरु कति राम्रा होलान है..?

(Archived: May 22, 2012 
Mareng-09, Netakharka, Arghakhanchi)