Labels

  • Video
Showing posts with label Video. Show all posts
Showing posts with label Video. Show all posts

Saturday, 13 September 2014

"मेल्काम आदिस आमेत" भनेको Happy New Year रे

एथिओपियामा बोलिने अम्हारिक भाषा(राष्ट्रिय भाषा)को कुरा गरेको मैले। अस्ती देखी सम्झदै बिर्सदै गर्दा आजको दिन सम्म लगभग याद भयो। त्यो नि मोबाईलको मेमोमा लेखेर मात्रै। Widist ले एउटा थोत्रो कागजमा लेखेर द्या'थिई अस्ती क्लासमा। यिनिहरु र हाम्लाई विश्वले एउटै आँखाले हेर्ने भएर होला मलाई अलिक धेरै चाख लागेको  यता तिर। ३-४ पटक गूगलअर्थमा हेर्या छुँ त्यहाँको राजधानी आदिसआबा तिर। ओरिपरीको डाँडाहरु हेर्दा पनि शिवपुरी लेक जस्तो। काठमाण्डुको एकापट्टी शिवपुरी राष्ट्रिय निकुन्ज भए जस्तै त्यहाँ नि रैछ राष्ट्रिय निकुन्ज। आज कार्यक्र्ममा देखाएको भिडियो हेर्दा पनि नेपाल सम्झिने धेरै कुराहरु पाइयो। बरेहुले   त्यहाँको क-ख-ग हरु भन्या'थियो अलिक पहिला। २६ मध्ये १२-१५ वटा त एउटै हुँदारैछ्न। जसो जसो भएपनि त्यहाँको म्युजिक चै मलाई राम्रो लाग्छ। आफु classical गीत चाख मान्ने भएर होला।