Labels

Monday, 12 March 2018

Happy Birthday कान्छा !!

हिजो एउटै सिरक ओढेर,
एउटा खोल नभएको सिरानीमा
आधा-आधा टाउको सुताएर,
एउटा कोदाको रोटीको बीचमा
सानो, साएद त्यो बेलाको
हाम्रो सपना जत्रै प्वाल पारेर,
आमाले लुकाएर हाम्ले पुग्न नसक्ने
ठाउँमा टिनको टेमामा नपगाली
राखेको नौनीको डल्लो,
झोल बनाएर त्यो रोटीको खाल्डोमा
पोखेर जसरि संग-सगै खान्थेउ,
तर, आज तस्बिर उही छैन; 
आज !!
आज म ठुलो सिरक ओडेको छु
तर पनि त संग सिरक तानी तानी
कराई कराई ओढे जस्तो माज्जा कहाँ छ,
चिटिक्क खोल हालेका मुलाएम सिरानिहरू छन्
तर तेरो स्पर्शले प्रवाहित गर्ने
न्यानोपन कहा पाउनु,
नरम र स्वादिस्ट रोटि खुब खानु पर्छ
तर एउटै रोटि लुछा – चुडी गर्दै खाएको
यादले खुब सताउछ ;
आज, तेरो याद, त्यहाँ देखि येहा सम्म
विशाल साम्राज्य जस्तै
समुन्द्र जस्तै अटल बनेर बसेको छ ,
यहा बाट त्यहाँ तेरा पाइलाहरु
दिन प्रतिदिन सत्य र सफलताको
सिढी चडुन भन्दै यी ओठहरू
अनवरत तेरो खुसि र सफलताको गीत
यो मुटुवाट प्रतिकम्पित मायाको
धुन सँगै गाई रहेछन्,
आतुर छन् यी नयनहरु
माथि- माथि शिखर चुम्न
खुल्ला आकाशमा उडेको मुक्त
पंछी जस्तै,
त पनि आफ्नो
सपनाको शिखर चुमेको हेर्न,
आफू भित्रको “ म “ लाई जीन्दा राखेर ,
दुनिंयाको जन्जिर तोडेर,
बिचारमा पलाएका ऐजेरु गोडेर
कमि र कम्जोरी लाई छोडेर
भित्रि मनको आवाज सुन्दै
तुफानको भन्दा पनि तेज
गतिमा उड़ीरहनु सधै – सधै
तलाई जन्मदिनको यहि शुभकामना कान्छा,
“Happy Birthday!! Lots of Love!!”

-Shubas Pandey
03-12-2018