Labels

Saturday 14 May 2016

हट्टाकट्टा मगन्ते



पाटन कलेज बाट फर्किदा देखेको द्रिश्य 

कृष्णगल्ली अँगाडी पुल्चोके पशलको ढोका चहार्दै सिक्का (पैसा) माग्दै हिँडेको एउटा हट्टाकट्टा मगन्तेलाई मेरो रजनिकान्त सेरिजको मोबाईलले नदेख्ने कुरै भएन.....गरिखान सक्नेले किन मागिहिँड्याहोला?!?.?यसको उत्तर के पो होला त..,.सायद हामि सज्जनहरुको दुनिया मा त्यो एउटा पागल थियो.......मर्न भन्दा बौलाउन निको भन्थे तर त्यसरी नि सुख नहुँदो रैछ 

(Archived: November 23, 2011
Krishna Galli, Lalitpur, Nepal)

बल्खुचोकमा बाल अधिकार



बल्खुचोकमा एक जना सानो खलासी भाई मान्छे बोलाउदै छन । 

बल्खुचोकैमा बालअधिकार जिन्दाबाद भन्दै चिच्याउँदै थियो यो बालक, एकैछिनमा हाम्रा केटाहरु जिन्दावाद- जिन्दावाद भन्दै गाडिभित्र छिरे...गाडि हुँईकियो लगनखेल तिर...म हान्निएँ बल्खु दरबार सानेपा दरबार हुँदै कोठातिर...पेरिश दरबार नि हेरुँ भनेको बाटो परेन.....

(Archieved: December 06, 2011
Balkhu Chok, Kathmandu, Nepal)

Monday 9 May 2016

मेरो नोकियाले देखेको गोकर्ण पिक्निक



भोक

मिती ठ्याक्कै याद छैन। भर्खर B.Sc.CSIT सकियोको थियो। कलेजका भाईहरुले पिक्निकमा मिसिने मेसो मिलाइदिएका थिए हाम्लाई नि। गोकर्ण तिरको कुरा हो। यो भाई धेरै नै भोकाको जस्तो देखिन्थ्यो। दिएको खाजा पनि छिटो छिटो खाइ सक्कायो। किन आतिएको हो त्यो चाइँ उसैले जानोस। कता बस्थ्यो, को सँग बस्थ्यो, कस्ता साथीको संगत थियो, आरामले खा बाबु भन्ने कोही थिए कि थिएनन राम जानुन। खान्जेल हेरी रहे। खाजा खाइउरी पानी पिएर भाई बिलायो तेतै कतै। म चाँही आफ्नो टिकाट खोज्न थालें। खाजाको लाइनमा बस्नु जो थियो।

Archived : January 13, 2013
Gokarna, Kathmandu
CSIT Students
(Patan Multiple Campus )

Friday 6 May 2016

मनोरन्जनको साधन बागमती घाट



VDO गेम पनि येही मलाई फनपार्क पनि येही .... बागमती घाट किनार मा २ दिदि बहिनि रमाउदै ....
(Archived: Feb 3, 2014
Bagmati Bridge, Lalitpur Nepal)

पाठसाला



मेरो इस्कुल पाठसाला
मेरो इस्कुल पाठसाला ..तम्घास परि ओख्रेनी नजिक हजुरबा र नाति ....
(Archived: February 03, 2014
Tamghas Gulmi)

चुँईके







यसको आफ्नो नाम यस्लाई मात्र थाहा छ किनकी यस्लाई सबैले होँच्याएर चुँईके भन्छन्‌।स्थानिय माने दमाईको जेठो छोराको जेठो छोरो अर्थात जेठो नाति स्थानिय नेटाखर्क बजार को आजसम्मको स्थाई बासिन्दा हो।नेटाखर्क स्कुलको बलेनी यस्को घरको बलेनी हुँदै झर्छ।भर्खर तिन बजे सानाथरे नानीहरु सानो झोला बोकेर हातमा रित्तो बोतल छोपेर झरे र आफन्का गए।तर यो फुच्चेलाई स्कुल जाने मन छैनहोला किनकी यस्का पुर्खारुलाई कपडा सिउन सिकाईयो र यसलाई बोटल बोक्ने नि फुर्सद छैन किनकी यस्का पुर्खाले अलक्कै पानी पिउन सिके आफ्नै अँजुलीले ....अलक्क.....अघाउन्जी.....अरुले दिएको....साँच्चि नयाँ सँबिधान र राज्य पुनर्सँरचनाको खाकाका अक्षरहरु कति राम्रा होलान है..?

(Archived: May 22, 2012 
Mareng-09, Netakharka, Arghakhanchi)