Labels

Friday, 26 September 2014

नाचेर खाइएला जस्तो छैन जिन्दगीमा...



नेटाखर्क इस्कुलमा पढ्ने बेलाको कुरा। तीनमा हो कि चारमा पढ्ने बेला हो ठ्यक्कै याद छैन। हाम्रो इस्कुलमा सास्कृतिक कार्यक्रम भएको थियो। इस्कुलले नै आयोजना गरेको थियो त्यो कार्यक्र्म। त्यती बेला ठुलाचेक्मी लालमणी सरले सबै डान्सको कपोज गराउनु भएको थियो। गाएकहरुले  ढ्वाङवाला माइकमा गीत गाउथे। हिन्दी टेपमा पारीका माइल्दाइ नाच्या थे अनी खुबै तारिफ नि पाएका थिए ब्रो ले। भाका नि क्लासिक हुने, म्युजिक पनि क्लासिक हुने। मादल, बासुरी अनी CASIO। म, माथिको काजी(already passed away), गुरुङ गाउकी एउटी केटी र अर्की एक जना गरी हामी चार जना विद्यार्थी अनी अंमर सर गरी ५ जना लाई नि एउटा गीत अनी डान्स कम्पोज गर्देका थिए। "हेर हेर नानी हो कता हिंडेको - चुङी गुच्छा लिएर खेल्न हिंडेको" यस्तै थियो गीत, कस्ले गाएको हो कस्ले लेखेको हो त्यो चै थाहा छैन,त्यो मेरो लागि पहिलो स्टेज डान्स थियो। तेस्पछी २०६४- मङ्सिर सात गते हामी आँफैले गाउमा आफ्नै पहल तथा ब्याबस्थापनामा सास्कृतिक कार्यक्रम गर्याथिइम। तेस्मा माइनर रोले देका थे मलाई। गीतमा ओहोइइइइइ भनेर चिच्याउदा रुमाल हल्लाउदै अगाडि जान पर्ने रे, अनी फेरी पछाडि गएर रुमाल हल्लाउदै बस्न पर्नी, सबै नाच हेर्दा नाचेरै खान सक्ने मान्छे चै हैन म। भैलो खेल्दा झ्याउरेभाकामा नाचेको अनुभव मात्रै छ आफु सँग फेरी। तेही भएर होला हिन्दीमा नाचे नि ईंग्लिशमा नाचे नि मेरो नाच झ्याउरे ताल को हुन्छ।

Monday, 15 September 2014

लाटा देशको गाँडा तन्नेरी...



रुख चढ्न अफ्टेरो लाग्छ। घरतिर रुखमा चढ्नेहरुमा पुछारतिरै पर्छु होला। तँ बाँदर कि म बाँदर भन्दै बाँदरलाई च्यालेन्ज गर्ने केटाहरु कती हो कती। केको केटामात्रै भन्नु केटी नि छन सत्र स्याल। सुर्यथुम पढ्न जाँदा ठुलाखरिए, सिर्सेगैराका जंगलमा आँखा अगाडि फलेका तिजु काफल नि खाइएन उबेला। हुन त माथि भिमे दाईको घर पारी तिजुखाँदा झन्डै नमर्या रेकर्ड त छ मेरो नि। तिलके, सुरेन्द्रेले अझै सम्झिन्छन होला त्यो दिन। तेस्पछी हो मलाई रुख चढ्न डर लाग्न थालेको। यो वाल त केही हैन। टेक्ने ठाउँ नि छ, समाउने ठाउँ नि छ अझ डोरी नि छ र पनि सबै अफ्टारो मान्दै छ्न। कोही पुसुत-पुसुत गर्दै माथि पुग्छ्न कोही असिन पसिन हुँदै बिच बाटै फर्किन्छ्न। लास्टमा मैले बुझेको कुरा "म चाइ परेछु लाटा देशको गाँडा तन्नेरी"।

Saturday, 13 September 2014

"मेल्काम आदिस आमेत" भनेको Happy New Year रे

एथिओपियामा बोलिने अम्हारिक भाषा(राष्ट्रिय भाषा)को कुरा गरेको मैले। अस्ती देखी सम्झदै बिर्सदै गर्दा आजको दिन सम्म लगभग याद भयो। त्यो नि मोबाईलको मेमोमा लेखेर मात्रै। Widist ले एउटा थोत्रो कागजमा लेखेर द्या'थिई अस्ती क्लासमा। यिनिहरु र हाम्लाई विश्वले एउटै आँखाले हेर्ने भएर होला मलाई अलिक धेरै चाख लागेको  यता तिर। ३-४ पटक गूगलअर्थमा हेर्या छुँ त्यहाँको राजधानी आदिसआबा तिर। ओरिपरीको डाँडाहरु हेर्दा पनि शिवपुरी लेक जस्तो। काठमाण्डुको एकापट्टी शिवपुरी राष्ट्रिय निकुन्ज भए जस्तै त्यहाँ नि रैछ राष्ट्रिय निकुन्ज। आज कार्यक्र्ममा देखाएको भिडियो हेर्दा पनि नेपाल सम्झिने धेरै कुराहरु पाइयो। बरेहुले   त्यहाँको क-ख-ग हरु भन्या'थियो अलिक पहिला। २६ मध्ये १२-१५ वटा त एउटै हुँदारैछ्न। जसो जसो भएपनि त्यहाँको म्युजिक चै मलाई राम्रो लाग्छ। आफु classical गीत चाख मान्ने भएर होला।