Labels

Saturday, 29 November 2014

कबिता: मैले के देख्छु


                                       -सुबाशक्षेत्री, लक्ष्मीनगर,न्यू-दिल्ल








मैले के देख्छु !
मैले के देख्छु
कल्कलि वगिरहेको पानीमा
विजुली देख्छु
पहाडका बाजा वारी र खेतमा
लटरम्मै फलेको हरिया वाली देख्छु
हिमालका अग्ला र सेता भागमा
औषधिका फ्याक्ट्री र ठुला -ठुला होटेल देख्छु
तराईका समथर भू-भागमा
कृषि उद्योग अनि स्टेडियमहरु देख्छु
नेपाली हवाई अड्डामा
नेपाली यूवाहरु पर्किएको देख्छु
विदेशीहरुको भिड भाड देख्छु
म सानो छदा
मेरा लुगा सिलाउने
साइला दमैको छोरा
रेसुंगा ग्रामेंटमा चिफ डिजाइनर भयको देख्छु
दिन भरि साहुकोमा काम गरि
साझा एक मुठो निगाला बोकी
विलुका निभ्न लागेको बत्तिमा
आफ्नो गुजारा चलौन डोको बुनि रहने
उक्काला चित्रि दाईको जेठो छोरा
लघु तथा घरेलु उद्योगको
सुपर भाइजर भयको देख्छु
सानोमा मेरो खुकुरीको डिजाइन बनाउने
थाम्मका कान्छा दाईको नाति
आइरन फ्याक्ट्रीको म्यानेजर भयको देख्छु
दिनचर्या चलौन दिनको ४/५ माना दुध बेच्न
घन्टौ धाउने र चिनी, चामल, तेल र नुन चलाउने
गाउँले हरु
आज कोहि डेरी कम्पनि चलायको देक्छु
कोहि सयौ गाई पालि रमायको देख्छु
अनि कोहि बझा खेत र वारीमा अमृत फ़लायको देख्छु
सबैको घर घरमा वाइक देख्छु
अझ कसै कसैको घरमा त चिल्ला कार देख्छु
तिन कक्षा नानी लाई सामाजिक ज्ञान
र पाँच कक्षाको वावु लाई नैतिक ज्ञान
पढाई रहेका ति जड्या काका लाई देक्छु
जाड र तास छोडे पछि पुटुक्क मोटायका
तिनका रशिला गाला र हँसिला ओठ देख्छु
सबैको अनुहारमा शान्ति देख्छु
सबैको अनुहारमा हाँसो देख्छु
अनि सबैको मन र मस्तिस्कमा आविस्कार देख्छु
खै किन हो आज भोलि
माम यस्तै यस्तै देख्छु