Labels

Friday, 24 October 2014

तिहार र सोरठी भाका


                                         -सुबाश पाण्डे, लक्ष्मीनगर,न्यू-दिल्ली


पश्चिमेली सोरठीका भाकाहरुमा निक्कै मर्मस्पर्शी,भावुक र वास्तविक घटनाहरुलाई कलात्मक शैलीमा प्रस्तुत गरियको हुन्छ, वर्षमा एक दिन आफ्ना दाजु-भाईसँग रमाइलो गरेपछि फेरी छुटिदै गर्दा आँखाभरि आँसु पारेकी प्यारी बहिनिलाई फकाउन "न रोऊ न, न रोऊ सुन मेरी बहिनी ", "न खेल्नु जुगा र तास धनको नास जीवनको बनिवास " लाई "सिरै लाउने श्रीफुल यसै राजाले बेची खायो" त राज कुमारी र एक सामान्य ठिटो बिचको अति नै पवित्र प्रेम सम्बन्धलाई "गै र मा सक्यो बालो जोबन" अनि रामायणमा सितालाई छलगर्न सुनको मृगको रुप धारण गर्ने रावणको कथालाई "रामको वारीमा थुङ्गे सरि फुलवा" अनि यस्तै थुप्रै सोरठी का भाका हरु मध्ये को यो एक हो।






(Video Source: MusicNepal)

खुशीको कुरा:- हरेको बर्ष गाउदै आएको यो सोरठी गीत रेकर्डमा आएछ। भाका अलिकती ब्याबसाइक राखेछन। हामी "एसै राजाको आश मलाई छैन चलीजाउँ माइतिको देशैमा" भनेर गाउछौ तर एस्मा "एसै राजाको आश मलाई छैन लैजाउ माइतिको देश हो" भनिएको छ। हाम्रो सोरठीमा पुरुष नै मारुनी हुने गर्दछन। हाम्रो स्थानिय भाषामा हामी मारुले भन्छौ। झट्ट हेर्दा घरी पुरुष लाग्ने घरी महिला जस्तो पनि लाग्ने, श्रिङ्गारिक सैलीमा सारी लगाएका अनुहारमा झिलिमिली-लगाउन मिल्ने सबै श्रिङ्गारका सामान लगाका, टोपी पनि छ, चोलो पनि छ, एउटा हातमा फरियाको फेरो र अर्को हातमा रुमाल लिएर भुर्दै नाच्ने, अर्को अर्थ नलागेमा न महिला न पुरुषको भेस हुन्छ मारुनीको। गलै लाउने हैगलु भन्छम हामी यहाँ हमेली भनिएको छ, पावै लाउने पैजरी उर्फ पैदलु, स्थानियता को असर छ गीत मा हाम्रो या उन्को। यो गीतमा मुख्य तया राजाले सिरमा लगाउने सिर्फुली देखी गोडामा लगाउने पैदलुसम्म सबै बेचिदिएको प्रसँगलाई गाइएको हुन्छ, सिर(सिर्फुल) देखी नाक(नथीया), कान(कुन्डलु), निदार(टिकिया), आँखा(गाजलु), गला(हैगलु), कुम(चोलिया), कम्मर (घागरु), गोडा(पैदलु) सम्म बेचिएको र राजा सँग नबसी माइती देश लग्न भनिएको छ- कस्लाई भनिएको हो भन्नेचाइँ प्रसँग अनुसारको अर्थ लगाउन मिल्छ।