Labels

Friday, 26 September 2014

नाचेर खाइएला जस्तो छैन जिन्दगीमा...



नेटाखर्क इस्कुलमा पढ्ने बेलाको कुरा। तीनमा हो कि चारमा पढ्ने बेला हो ठ्यक्कै याद छैन। हाम्रो इस्कुलमा सास्कृतिक कार्यक्रम भएको थियो। इस्कुलले नै आयोजना गरेको थियो त्यो कार्यक्र्म। त्यती बेला ठुलाचेक्मी लालमणी सरले सबै डान्सको कपोज गराउनु भएको थियो। गाएकहरुले  ढ्वाङवाला माइकमा गीत गाउथे। हिन्दी टेपमा पारीका माइल्दाइ नाच्या थे अनी खुबै तारिफ नि पाएका थिए ब्रो ले। भाका नि क्लासिक हुने, म्युजिक पनि क्लासिक हुने। मादल, बासुरी अनी CASIO। म, माथिको काजी(already passed away), गुरुङ गाउकी एउटी केटी र अर्की एक जना गरी हामी चार जना विद्यार्थी अनी अंमर सर गरी ५ जना लाई नि एउटा गीत अनी डान्स कम्पोज गर्देका थिए। "हेर हेर नानी हो कता हिंडेको - चुङी गुच्छा लिएर खेल्न हिंडेको" यस्तै थियो गीत, कस्ले गाएको हो कस्ले लेखेको हो त्यो चै थाहा छैन,त्यो मेरो लागि पहिलो स्टेज डान्स थियो। तेस्पछी २०६४- मङ्सिर सात गते हामी आँफैले गाउमा आफ्नै पहल तथा ब्याबस्थापनामा सास्कृतिक कार्यक्रम गर्याथिइम। तेस्मा माइनर रोले देका थे मलाई। गीतमा ओहोइइइइइ भनेर चिच्याउदा रुमाल हल्लाउदै अगाडि जान पर्ने रे, अनी फेरी पछाडि गएर रुमाल हल्लाउदै बस्न पर्नी, सबै नाच हेर्दा नाचेरै खान सक्ने मान्छे चै हैन म। भैलो खेल्दा झ्याउरेभाकामा नाचेको अनुभव मात्रै छ आफु सँग फेरी। तेही भएर होला हिन्दीमा नाचे नि ईंग्लिशमा नाचे नि मेरो नाच झ्याउरे ताल को हुन्छ।


MUM आएपछी होलीको प्रोग्राममा नेपाली तथा boleywood गीत मा नाच्न सिकाए मलाई नि। सिक्ने बेला सबैभन्दा बढी गाली खा'को मैले। होमवोर्क दिन्थे यो स्टेप सिकेर अाइजा भनेर, कती हास्नु। जसरी नाचुभने नि ज्यानले नदिने भन्या। जसो तसो नाचियो। पहिलो पटक vidio हेर्दा राम्रै देख्याथ्यो। दोस्रो पटकबाट हेर्दा त बिग्रेको स्टेपमा मात्रै आँखा जान्छ हा हा
 
(After 1:50 minute)